काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने अनुमान गरे पनि अब ७/८ अर्ब रुपैयाँ मात्रै प्राप्त गर्न कठिन हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्।
संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले विदेशी अनुदानमा आएको गिरावटका कारण सहुलियतपूर्ण ऋणको विकल्प नरहेको स्पष्ट पारे।


