काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले ग्राहकका प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित ‘आजको प्रोब्लम, आजै फिक्स’ योजना सुरु गरेको छ।
योजनाअन्तर्गत दैनिक अपराह्न ५ बजेसम्म दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन प्राथमिकताका साथ समाधान गरिने कम्पनीले जनाएको छ।
समस्याको प्रकृतिअनुसार रिमोट सपोर्ट वा ग्राहककै घरमा प्राविधिक टोली पठाएर सेवा उपलब्ध गराइनेछ। यसबाट ग्राहकले प्राविधिक सहयोगका लागि लामो समय कुर्नुपर्ने बाध्यता घट्ने कम्पनीको विश्वास छ ।

