आइतबार, कार्तिक २२, २०८३
तिहारको उज्यालोमा कुलमानको सन्देश : अब भ्रष्टाचार र बेरोजगारीको अँध्यारो हटाउने संकल्प

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको झिलिमिलीले विगतका लोडसेडिङका दिन सम्झाउने बताएका छन्।

उनले नागरिकको साथ र विश्वासले देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएको स्मरण गर्दै आगामी दिनमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा पनि नागरिकको साथ अपेक्षा गरेका छन्।

बिजुलीको अँध्यारो हटाएजस्तै अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने आफ्नो संकल्प रहेको उनले बताएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय