आइतबार, कार्तिक २२, २०८३
बिहानै दैलेखमा विभत्स घटना, धारिलो हतियार प्रहारबाट एकको मृत्यु र चार घाइते

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा आइतबार बिहान धारिलो हतियार प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्थानीय बमबहादुर रावलले सुतिरहेको अवस्थामा चन्द्रबहादुर पुनको परिवारमाथि आक्रमण गरेका थिए। आक्रमणमा परी ४५ वर्षीया बीमा पुनमगरको मृत्यु भएको हो।

घाइते हुनेमा २५ वर्षीया महेसरा पुन, २० वर्षीया लक्ष्मी पुन, २३ वर्षीया तिला पुनमगर र चार महिनाकी बालिका रहेका छन्। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय