बुधबार, मंसिर ०२, २०८३
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।

सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय