काभ्रे । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–स्थित बेत्रावतीका १०० घरधुरीलाई काभ्रेपलाञ्चोकबाट राहत सामग्री वितरण गरिएको छ।
जिल्ला समन्वय समिति काभ्रेको अगुवाइमा विभिन्न संघसंस्था तथा सहयोगी निकायबाट संकलित राहत सामग्री बाढी प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो।
राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दीपक गौतमले विपद्मा परेका नागरिकको पीडा सबै नेपालीको साझा पीडा भएको बताउँदै मानवीय सेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने उल्लेख गरे।
राहत प्राप्त गरेपछि स्थानीय बासिन्दाले विपद्को कठिन समयमा टाढाको जिल्लाबाट आएर सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए।
‘संकटमा साथ, मानवताको हात’ भन्ने भावनासहित काभ्रेबाट गरिएको यो सहयोगले विपद् प्रभावित परिवारलाई राहतसँगै आत्मीयताको अनुभूति गराएको छ।

