मंगलबार, मंसिर ०१, २०८३
एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली क्रिकेट टोली कतार प्रस्थान

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार (मंसिर १) कतार प्रस्थान गरेको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गर्नुभएको हो।

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ। क्यानले यसअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो।

टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन्।

प्रतियोगिता नोभेम्बर १९ देखि कतारमा सुरु हुँदैछ। नेपालले समूह चरणको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ।

त्यस्तै, नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय