सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार गएराति करिब १ बजे श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीमाथि लोहोरो प्रहार गरेका थिए।
लोहोरोले टाउकोमा लागेर गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले आरोपित श्रीमान् मनोज कार्कीलाई पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

