बुधबार, मंसिर ०२, २०८३
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् ।

राष्ट्रपति पौडेल द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय