काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ गते दुईदिने औपचारिक भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपाल–भारतबीच हवाई, रेलवे तथा सडक कनेक्टिभिटी विस्तार, ऊर्जा पूर्वाधार, विकास सहायता, पर्यटन प्रवर्द्धन र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल हुने भएको छ।
प्रधानमन्त्री शाहको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले तीव्र बनाएको छ। प्रधानमन्त्री बनेपछि छिमेकी मुलुक भारतमा उनको यो पहिलो औपचारिक भ्रमण हुनेछ।
