बुधबार, मंसिर ०२, २०८३
सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन २ लाख ६७ हजार २०० र चाँदी ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय