धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा भएको जिप दुर्घटनामा ६६ वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्।
गएराति करिब १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप सडकबाट करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङ गम्भीर घाइते भएका छन् भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

