शुक्रबार, मंसिर ०४, २०८३
आफूलाई सिभिल प्रहरी भन्दै डान्स बारमा धाकधम्की दिने दुई युवक पक्राउ

काठमाडौँ । आफूलाई सादा पोसाकको प्रहरी (सिभिल प्रहरी) भन्दै काठमाडौँको ज्याठास्थित डान्स बारमा धाकधम्की दिने दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–८ का २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन्।

उनीहरूले मंसिर ४ गते मध्यरात ‘गोल्डेन आई डान्स बार’ मा प्रवेश गरी सञ्चालक तथा कर्मचारीलाई प्रहरी भएको दाबी गर्दै धाकधम्की दिएका थिए।

प्रहरीले दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय