शुक्रबार, मंसिर ०४, २०८३
प्रहरीका ५४ हजार कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्क स्थापना

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुनुवाइका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ।

शुक्रबार प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको उद्घाटन गर्दै ५४ हजार १२२ जना प्रहरी कर्मचारीको मोबाइलमा गुनासो दर्ताका लागि गुगल फर्म लिंक पठाएका छन्।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम स्थापना गरिएको उक्त डेस्कले संगठनभित्र हुने विभेद, असमान व्यवहार तथा कर्मचारीका पेसागत र सेवागत समस्याको सुनुवाइ गर्नेछ।

एसपी गोविन्द पुरीको नेतृत्वमा १० जना प्रहरी कर्मचारी खटाइएको डेस्कले प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेर काम गर्नेछ। प्रहरी संगठनमा ८२ प्रतिशतभन्दा बढी आधारभूत तहका कर्मचारी कार्यरत छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय