काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह र प्रदेश निर्वाचन फरक–फरक समयमा गर्ने प्रस्ताव अघि सारेको छ।
आयोगले शुक्रबार राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेश निर्वाचन गर्ने प्रस्ताव गरेको हो।
छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए। नेपाली कांग्रेसका सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछाने र नेकपाका संयोजक प्रचण्ड छलफलमा उपस्थित थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आयोगबाट बाहिरिएका थिए।

