काठमाडौँ । म्याग्दी र धनकुटामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार म्याग्दीबाट ६ जना र धनकुटाबाट २० जना पक्राउ परेका हुन्। दुवै स्थानबाट कुल चार लाख ४६ हजार १० रुपैयाँ नगद बरामद गरिएको छ।
म्याग्दीमा चार बुक तास र धनकुटामा १६ थान कौडा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

