काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनका विषयमा आज राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलसँग छलफल गर्ने भएको छ।
आयोगले बिहान ११:३० बजे रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको छ।
छलफलमा निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक तयारीका विषयमा परामर्श गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

