काभ्रे । धुलिखेल नगरपालिका वडा नं. ३ को आयोजनामा आगामी मंसिर ६ गते आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
श्री पञ्चकन्या विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा महिला रोग, बालरोग, दन्त सेवा, नाक, कान तथा घाँटी, हाडजोर्नी तथा नसारोगलगायतका स्वास्थ्य सेवा उपलब्ध हुनेछन्। साथै ECG, USG, ल्याब, सुगर, युरिक एसिड, पिसाब तथा गर्भावस्था परीक्षणको सुविधा पनि रहनेछ।
धुलिखेल नगरपालिका वडा नं. ३ को आयोजना तथा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।
उनले वडावासीलाई शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिनसमेत आग्रह गरेका छन् ।




