आइतबार, मंसिर ०६, २०८३
प्रचण्डको चेतावनी : संविधान र गणतन्त्रमाथि प्रहार भए आन्दोलनमा उत्रिने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने बताए।

उनले हजारौँ सहिद, बेपत्ता योद्धा र घाइतेहरूको त्यागबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको भन्दै त्यसको रक्षाका लागि नयाँ संकल्पसहित आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउँदै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय