रुपन्देही । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ।
अधिवेशनमा सहभागी हुन कांग्रेस नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद र विमलेन्द्र निधिलगायतका नेताहरू दाङ आउने कार्यक्रम रहेको छ।
कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापा (रोज राणा) का अनुसार अधिवेशनले आजै नयाँ प्रदेश नेतृत्व चयन गर्नेछ।
अधिवेशनका लागि पार्टीले खटाएको केन्द्रीय निर्वाचन टोलीसमेत भालुवाङ पुगिसकेको छ। नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने तयारी भइरहेको र आज साँझसम्म नेतृत्व चयन प्रक्रिया पूरा हुने जनाइएको छ।




