मंगलबार, मंसिर ०८, २०८३
‘देश उँभो लाउने टोली’ भन्दै बालेनले पोस्ट गरे तीन जनाको तस्वीर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो मन्त्रिपरिषद्का दुई मन्त्रीसँगै विमानभित्र खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल देखिएका छन् ।

भारत भ्रमणका क्रममा खिचिएको उक्त तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

प्रधानमन्त्रीले केहीबेरअघि सार्वजनिक गरेको तस्वीरमा तीनै जना विमानभित्र उभिएको देखिन्छ । भारत भ्रमणमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी थिए ।

बालेनले यसअघि पनि आफ्ना सहकर्मी मन्त्रीहरूसँगका तस्वीर सामाजिक सञ्जालमा राख्दै देश निर्माणको सन्देश दिने गरेका थिए । यसअघि सुधन गुरुङ र सुनिल लम्सालसँग बसेको तस्वीर सार्वजनिक गर्दै उनले ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए ।

मन्त्रीहरूसँगका तस्वीर र छोटा सन्देशमार्फत प्रधानमन्त्रीले आफ्नो टिमको कामप्रतिको प्रतिबद्धता र सहकार्यलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्दै आएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय