बिहिबार, मंसिर १०, २०८३
स्वतन्त्र पत्रकारिताको पक्षमा छु : डा. अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारितामाथि हुने हस्तक्षेपको विरोध गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताएका छन्।

मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुगेका सिंहले सञ्चारगृहबाटै पत्रकार पक्राउ गरिएको सरकारी कदमको विरोध गरेका हुन्। उनले लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताए।

सिंहले देशमा कुनै पनि किसिमको द्वन्द्व नहोस् भन्ने उद्देश्यले आफूले पदयात्रा गरिरहेको उल्लेख गर्दै किसानले उत्पादनको उचित मूल्य नपाएको विषयसमेत उठाएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय