बिहिबार, मंसिर १०, २०८३
सरकारका गलत कामविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले विधि र संसदीय व्यवस्थामाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्ने बताएका छन् ।

बिहीबार धादिङबेसीमा कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस सरकारका गलत कामविरुद्ध प्रश्न उठाउन पछि नहट्ने बताए ।

पौडेलले संसद्लाई उपेक्षा गर्ने, नागरिकको अपमान गर्ने र विधि मिचेर अघि बढ्ने सरकारी प्रवृत्तिको कांग्रेसले विरोध गर्ने बताए । यस्तो प्रवृत्ति नरोकिए पार्टी जस्तोसुकै बलिदान गर्न पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारसँग जोडिएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै पासपोर्ट प्रकरण र सुनकोशी–मरिण डाइभर्सनलगायतका विषयमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन कांग्रेस सक्रिय हुने बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय