काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।
हेरफेरसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौँ स्थानबाट बढुवा हुँदै तेस्रो वरीयतामा पुगेकी छन् ।
यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको स्थानमा गौतमलाई ल्याइएको हो । गौतम तेस्रो वरीयतामा उक्लिएसँगै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको मर्यादाक्रम एक–एक स्थान तल झरेको छ ।
रास्वपाको महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा तेस्रो स्थानमा छिन् । पार्टीको वरीयताअनुसार नै उनलाई मन्त्रिपरिषद्को मर्यादाक्रममा माथि ल्याइएको हो ।










