काभ्रे । आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ०७ धारापानी स्थित पुजारी थुम्का बस्ने ७४ बर्षका बल बहादुर श्रेष्ठको हत्या गरेको आरोपमा उनका ४४ बर्षका जेठो छोरा रामलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी एबम सुचना अधिकारी मिन बहादुर घलेका अनुसार बाबुको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको घर नजिकै रहेको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको थियो ।
कार्त्तिक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो । विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
यो पनि पढ्नुस ।
हेर्नुस् भिडियो:



















