फोनिजको महाधिवेशन सर्यो, फागुन ७ र ८ गते

काठमाडौं । माघ ७ र ८ गतेका लागि तय भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनको मिति सरेको छ ।

कोभिड–१९ संक्रमितको संख्या बढेपछि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नदिने निर्णय गरेसँगै चितवनको सौराहमा सम्पन्न हुन लागेको फोनिज महाधिवेशनको मिति गरेको हो ।

बिहीबार भर्चुअल रुपमा सम्पन्न फोनिजको संघीय समिति बैठकले अधिवेशनको नयाँ मिति तय गरेको छ । महासचिव मनोज घर्तीमगरद्वारा जारी प्रेस वक्तव्यअनुसार एक महिनापछि फागुत ७ र ८ गते चितवनमै महाधिवेशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस